सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाजामा युद्ध शुरू भएयता १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गयो: स्वास्थ्य अधिकारी


  •    न्युजभित्तो/२४ बैशाख २०८२, बुधबार १२:१९ 
  • गाजा, २४ वैशाख । सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण शुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान गइरहेको छ । ज्यान गुमाउनेमा १६ हजार दुई सय ७८ बालबालिका रहेकामा नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुले जन्मेपछि ज्यान गुमाएका गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्‍याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको खबरमा उल्लेख छ । यसले हजारौं बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।

    प्यालेस्टिनी विद्रोही समूह हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.