सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनमा मानिस र रोबोटबीच म्याराथन दौड प्रतियोगिता


  •    न्युजभित्तो/७ बैशाख २०८२, आईतवार ११:०० 
  • काठमाडौँ, ७ वैशाख । चीनको राजधानी बेइजिङमा शनिबार मानिस र रोबोटबीच हाफ म्याराथन दौड प्रतियोगिता आयोजना गरियो ।

    सीएनएनका अनुसार रोबोटिक्स र प्रविधिको क्षेत्रमा चीनको प्रगति देखाउने उद्देश्यले मानिस र रोबोटबीचको म्याराथन दौड शनिबार बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा आयोजना गरिएको थियो ।

    २१ किलोमिटरको म्याराथन सबैभन्दा कम समयमा पूरा गर्ने कीर्तिमान युगान्डाका जेकब किप्लिमोको नाममा छ, जसले यो दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरेका थिए । तर बेइजिङमा आयोजित २१ किलोमिटर म्याराथनमा मानिसले १ घण्टा २ मिनेटमा निर्धारित दुरी पूरा गर्दा रोबोटलाई २ घण्टा ४० मिनेट लागेको थियो । अर्थात् रोबोट मानिसहरुभन्दा १ घण्टा ३८ मिनेट अन्तरमा पछि परे ।

    पहिलोपटक आयोजना गरिएको यस्तो प्रतियोगितामा चीनका ड्रायडअप, नोएटिक्स रोबोटिक्स, तियांगोंग अल्ट्रा जस्ता ठूला प्रविधि कम्पनीहरुले बनाएका २१ रोबोट सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.