अन्तर्राष्ट्रिय

भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ
-न्युजभित्तो

दिल्ली,१७ जेठ । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ । भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ । घटनाको अनुसन्धान पछि सामाजिक...

कोलम्बियामा भएको हेलिकोप्टर दुर्घटना पाँच प्रहरीको मृत्यु
-न्युजभित्तो

बोगोटा,१७ जेठ । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको ज्यान गएको बताइएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो । आइतबार सो हेलिकोप्टर दुर्घटना भएको र त्यसमा सबार रहेका...

अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु
-न्युजभित्तो

वासिङ्टन, १६ जेठ  । एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट...

चार जना युरोपेली मुलुकका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने
-न्युजभित्तो

बेइजिङ,१४ जेठ । पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीनको भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन्...

अमेरिकामा गोली प्रहारबाट थप ८ जनाको मृत्यु
-न्युजभित्तो

क्यालिफोर्निया,१३ जेठ । अमेरिकाको क्यालिफोर्नियामा रेल यातायातमा काम गर्ने एक कामदारले गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ । उनले हत्या गरेर आफ्नो पनि ज्यान लिएको प्रहरीले जनाएको छ । सान होजेको भ्याली ट्रान्सपोर्टेशन अथोरिटीमा काम गर्ने ५७ बर्षका...

कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउन बाइडनको निर्देशन
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् । बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र...

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
-न्युजभित्तो

दिल्ली,१२ जेठ । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका...

जापान नजान भन्दै अमेरिकाले जारी गर्‍यो एडभाइजरी
-न्युजभित्तो

काठमाडौँ, ११ जेठ । गत वर्ष स्थगित भएको ओलम्पिक खेल आयोजनाको मिति नजिकिँदै छ । टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुने तय छ । तर प्रतियोगिताको पूर्वसन्ध्यामा अमेरिकाले आफ्ना नागरिकलाई जापान भ्रमणमा नजान चेतावनी दिँदै एडभाइजरी जारी गरेको छ । अमेरिकी...

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु
-न्युजभित्तो

गान्सु, ९ जेठ  । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका...

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा
-न्युजभित्तो

गाजा सिटी, ७ जेठ। प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धविरामको घोषणासँगै...