अन्तर्राष्ट्रिय

प्रमोद, मेलिना र सुमनले न्यू–जिल्याण्डको क्यान्टवरीमा दशैं धमाका मच्चाउने
-न्युजभित्तो

क्यान्टवरी (न्यू–जिल्याण्ड), ९ अक्टोबर । गायक प्रमोद खरेल, मेलिना राई र सुमन कार्कीले न्यू–जिल्याण्डको क्यान्टवरीमा दशैं धमाका मच्चाउने भएका छन् । दशैंको फूलपातीको दिन २१ अक्टोवरमा दशैं धमाका कार्यक्रम हुन लागेको हो । क्यान्टवरी नेप्लिज सोसाइटी र नेपाल न्यू–जिल्याण्ड फ्रेण्डसीप...

३४ आरोपमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
-न्युजभित्तो

काठमाडौं, २२ चैत। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको जनाएको छ । बीबीसीका अनुसार उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित...

क्रिप्टोको कारोबार गर्ने कम्पनीलाई दिएको ऋण फिर्ता नभएपछि अमेरिकाको सिलिकन भ्याली बैंक बन्द
-न्युजभित्तो

काठमाडौं, २८ फागुन । अमेरिकाको ‘सिलिकन भ्याली बैंक’ सँधैको लागि बन्द भएको छ । ४० बर्षको इतिहासलाई समाप्त गर्दै अमेरिकाको १६औं ठूलो बैक शुक्रबार बन्द भएको हो । निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने ४८ घण्टाको पूर्ण प्रयास असफल भएपछि बैंक...

आगलागी परेर ज्यान गुमाएका ४० वर्षीय पाण्डे भने- ‘बाबा अलवेज लभ्स यू, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा’
-न्युजभित्तो

कम्बोडिया, १५ पुस । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी भएको छ । सो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । बिहीबार यहाँका सुरक्षा अधिकारीले सो कुराको जानकारी दिएका हुन् । ती अधिकारीले...

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक
-न्युजभित्तो

काठमाण्डौं, १ पुस (एजेन्सी) । तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ । ह्वाइट हाउसका १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को...

अफगानिस्तानमा महिलासहित २७ जनालाई सार्वजनिक स्थलमा कोर्रा
-न्युजभित्तो

अफगानिस्तान, २४ मंसिर (एजेन्सी) । तालिबानले महिलासहित २७ जना अफगानीहरूलाई ठुलो भीडको अगाडि कोर्रा लगाएको छ । गत वर्ष सत्तामा फर्किएपछि पहिलो पटक एक दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक दिनपछि सार्वजनिक रुपमा कोर्रा दिइएको हो । उनीहरूका मुख्य प्रवक्ताले...

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे
-न्युजभित्तो

काठमाण्डौं, २५ असार । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा...

प्रवासी नेपाली मञ्च बुसान दक्षिण कोरियामा राईको नेतृत्वमा १५ सदस्यीय नयाँ समिति
-न्युजभित्तो

दक्षिण कोरिया, १७ जेठ । प्रवासी नेपाली मञ्च (ओएनएफ) बुसान दक्षिण कोरियाको छैटौं अधिवेशनले तगेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । “समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान, प्रवासबाट लगानी प्रवासबाटै मतदान” भन्ने मूलनाराका साथ अधिवेशन सम्पन्न...

पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री इमरान खान
-न्युजभित्तो

पाकिस्तान, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। गएराति पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै उनी पदमुक्त भएका हुन्। पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्। विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको...

आर्थिक संकटले श्रीलंकामा देशव्यापी संकटकाल घोषणा, अभाव सिर्जना भएपछि आन्दोलन
-न्युजभित्तो

काठमाण्डौं, १९ चैत । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका...