सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसान आन्दोलनका सामग्री पोष्ट गर्ने १०० बढी एक्स अकाउन्ट भारतमा ब्लक


  •    न्युजभित्तो/१० फाल्गुन २०८०, बिहीबार १६:४७ 
  • काठमाडौं, १० फागुन । भारत सरकारले किसान आन्दोलनका फोटो र भिडियो शेयर गर्ने अकाउन्ट बन्द गर्न सामाजिक सन्जाल एक्सलाई आदेश दिएको छ ।
    भारत सरकारले कानुनी व्यवस्थाको विरुद्ध रहेको भन्दै किसान आन्दोलनका सामग्री पोष्ट गर्ने अकाउन्टलाई ब्लक गर्न भनेको हो ।

    भारतको सूचना प्रविधि मन्त्रालयले १७७ अकाउन्टलाई अस्थायी रुपमा ब्लक गर्न एक्सलाई भनेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।
    भारत सरकारले बन्द गर्नुपर्ने भनेर उपलब्ध गराएका अकाउन्टहरुलाई भारतमा मात्र बन्द गरिएको सामाजिक सन्जाल एक्सले जनाएको छ । त्यसको जानकारी सम्बन्धित प्रयोगकर्तालाई दिइसकेको एक्सले जनाएको छ ।

    एक्सको विश्व मामिला हेर्ने ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले आफ्नो अकाउन्टमार्फत् सूचना जारी गरी उक्त जानकारी दिएको हो । ‘भारत सरकारले एक्सका केही अकाउन्ट र पोष्ट ब्लक गर्न भनेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका कारण त्यो आदेश हामीले मानेका छैनौं । भारत सरकारको निर्देशन अनुसार त्यस्ता अकाउन्टलाई केवल भारतमा मात्र ब्लक गरेका छौं,’ एक्सको ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले लेखेको छ ।

    एक्सले गोपनीयताको कारण भारत सरकारले दिएको आदेश सार्वजनिक गर्न नसक्ने जनाएको छ । यद्यपि पारदर्शिताका कारण त्यसलाई सार्वजनिक गर्दा उचित हुने उसको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.