सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँचल तिवारीसहित ४ भोजपुरी फिल्म स्टारको सडक दुर्घटनामा मृत्यु


  •    न्युजभित्तो/१५ फाल्गुन २०८०, मंगलवार १६:५३ 
  • काठमाडौं, १५ फागुन । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार वेब सिरिज ‘पञ्चायत २’ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डेको दुर्घटनामा मृत्यु भएको छ ।

    बिहारको कैमुरको देवकाली गाउँ नजिकैको जीटी रोडमा आइतबार साँझ यो सडक दुर्घटना भएको हो । सोमबार बिहान मृतकहरुको सनाखत भएको हो । त्यसपछि प्रहरीले विज्ञप्ति जारी गरी मृत्युको पुष्टि गरेको हो ।

    तिवारीले ‘पञ्चायत २’ मा मुख्य अभिनेत्री सान्विकाको चरित्र रिंकीकी साथी रविनाको भूमिका निर्वाह गरेकी थिइन् । मृतकको सनाखत सोमबार भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन् । मृत्यु हुने अन्य पाँच जना पनि उक्त गाडीमै सवार थिए ।
    दुर्घटनापछि ट्रक चालक घटनास्थलबाट फरार भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.