अन्तर्राष्ट्रिय

टिकटक माथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित
-न्युजभित्तो

वासिङ्टन, १ चैत । टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार पारित भएको छ । भिडियो शेयरिङ गर्न मिल्ने र १७ करोड अमेरिकी...

७० वर्षसम्म ‘फलामको फोक्सो’ का भरमा बाँचेका पलको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, १ चैत । ७० वर्षसम्म आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ। ‘पोलियो पल’ भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो। सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात...

चीनको हुबेई प्रान्तमा विष्फोट हुँदा एक जनाको मृत्यु, २२ घाइते
-न्युजभित्तो

काठमाडौं, ३० फागुन । चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा...

इजरायलको आक्रमणमा थप ८२ प्यालेस्टिनीको मृत्यु
-न्युजभित्तो

काठमाण्डौं, २७ फागुन । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट ज्यान गुमाउने प्यालेस्टिनीको संख्या ३० हजार ९६० पुगेको छ। अहिलेसम्म ७२ हजार ५२४ अन्य घाइते भएका छन्। पछिल्लो २४ घण्टामा इजरायली सेनाले गरेको हमलामा ८२ प्यालेस्टिनी मारिएका छन्। १२२ जना घाइते भएका...

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला
-न्युजभित्तो

तेल अविव, २५ फागुन । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क...

चीनमा आइफोनको बिक्री एक चौथाइले घट्यो
-न्युजभित्तो

बेइजिङ, २३ फागुन । चीनमा अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलको आइफोन बिक्रीमा उच्च कमी आएको छ । गएको वर्षको सोही अवधिको तुलनामा सन् २०२४ को पहिलो ६ हप्तामा चीनमा आइफोनको बिक्री २४ प्रतिशतले घटेको बजार अनुसन्धानकर्ता संस्था काउन्टर प्वाइन्टले...

फेसबुक, युट्युबलगायत सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै पाकिस्तान
-न्युजभित्तो

इस्लामवाद, २० फागुन । पाकिस्तानमा सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स...

ढाकामा रेस्टुराँमा आगलागी हुँदा ४३ को मृत्यु
-न्युजभित्तो

ढाका, १८ फागुन । ढाकाको एउटा बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति १० बजे आगलागी भएको थियो । आगो पूरै भवनमा फैलिएको अनि दर्जनौँ मानिस...

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु
-न्युजभित्तो

नयाँ दिल्ली, १७ फागुन । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ । मध्य प्रदेश अन्तर्गत...

फिलिपिन्समा आगलागीमा परी चार जनाको मृत्यु, आठ घाइते
-न्युजभित्तो

मनिला, १६ फागुन । मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घरहरू जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन् । स्थानीय समय अनुसार राति २ः०० बजतिर आगलागी हुँदा उनीहरू गहिरो निन्द्रामा रहेको नगरीय दमकल...