सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रमोद, मेलिना र सुमनले न्यू–जिल्याण्डको क्यान्टवरीमा दशैं धमाका मच्चाउने


  •    न्युजभित्तो/२२ आश्विन २०८०, सोमबार १४:२८ 
  • क्यान्टवरी (न्यू–जिल्याण्ड), ९ अक्टोबर । गायक प्रमोद खरेल, मेलिना राई र सुमन कार्कीले न्यू–जिल्याण्डको क्यान्टवरीमा दशैं धमाका मच्चाउने भएका छन् । दशैंको फूलपातीको दिन २१ अक्टोवरमा दशैं धमाका कार्यक्रम हुन लागेको हो ।

    क्यान्टवरी नेप्लिज सोसाइटी र नेपाल न्यू–जिल्याण्ड फ्रेण्डसीप सोसाइटीको संयुक्त आयोजनामा “दशैं धमाका २०२३” आयोजना गरिएको छ । कार्यक्रममा नेपाली संगीत क्षेत्रका ख्यातीप्राप्त कलाकारहरु प्रमोद खरेल, मेलिना राई र सुमन कार्कीले बेजोड प्रस्तुत दिनुहुनेछ ।

    क्यान्टवरीको क्राइस्टचर्चमा स्थानीय समय अनुसार साँझ ६ बजेदेखि ९ बजेसम्म हुने कार्यक्रममा स्थानीय सबै संघ संस्थाको सहयोग र समर्थन रहेको कार्यक्रम संयोजक एवं क्यान्टवरी नेप्लिज सोसाइटीका उपाध्यक्ष जीवन अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कार्यक्रममा सात सयभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । हालसम्म ६ सयभन्दा बढी टिकट बिक्री भईसकेको उहाँले जानकारी दिनुभयो ।

    नेपालका तीन जना हस्ती कलाकारको आगमन हुने र दुई वटा प्रमुख संस्थाहरुको आयोजना र अन्य संघ संस्थाको सहयोगमा कार्यक्रम हुन लागेकाले यसलाई महत्वका साथ हेरिएको अर्का संयोजक एवं नेपाल न्यू–जिल्याण्ड फ्रेण्डसीप सोसाइटीका कोषाध्यक्ष अमूल्य नेपालले बताउनुभयो ।

    सिंगो क्यान्टवरी र यो क्षेत्रको नजिकमा रहेका सबै नेपाली दशैंको अवसरमा एउटै आँगमनमा रमाइलोमा सहभागी हुन पाउने भएकाले सबै उत्साहित भएको नेपालको भनाई छ ।

    टिकटको मूल्य ३० न्यू–जिल्याण्ड डलर कायम गरिएको छ भने १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.