सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाजनको जंगलमा भेटियो नयाँ प्रजाति सर्पको सबैभन्दा विशाल हुन सक्ने आशङ्का


  •    न्युजभित्तो/१३ फाल्गुन २०८०, आईतवार ११:०५ 
  • ब्रिस्बेन, १३ फागुन । एमाजनको जंगलमा वैज्ञानिकहरूले सर्पको नयाँ प्रजाति फेला पारेका छन् । यो पृथ्वीमा अहिलेसम्म भेटिएको सबैभन्दा विशाल सर्प हुन सक्ने आशङ्का गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल क्षेत्रमा यस अघि दस्ताबेजमा कतै उल्लेख नगरिएको हरियो एनाकोन्डा खोज्न गएका थिए । वाओरानी जातिका मानिसहरूले पृथ्वीमा अस्तित्व रहेको अहिलेसम्मकै सबैभन्दा ठुलो एनाकोन्डा देखेको भन्दै सर्प खोजी कार्यमा सहभागी हुन निम्तो दिएपछि वैज्ञानिकहरूको टोली त्यतातिर गएका थिए ।

    बाईहुआएरी वाओरानी क्षेत्रको बामेनो क्षेत्रमा सिकारीहरूसँग उक्त टोली १० दिनको अन्वेषणमा गएका थिए । यस क्रममा कयौँ एनाकोन्डा भेटिएको क्विन्सल्यान्ड विश्वविद्यालयका बायोलोजीका प्राध्यापक ब्रयान फ्राईले एक विज्ञप्तिमा भनेका थिए । पानी नजिकको हिस्सामा विष नभएका विशाल एनाकोन्डाहरू भेटिएको बताइएको छ । उनीहरूले देखेको एउटा पोथी एनाकोन्डा ६।३ मिटर लामो थियो ।

    सो क्षेत्रमा साढे ७ मिटर लामो र ५०० किलो तौल भएको एनाकोन्डा देखिएको भनेर आफूहरूले सुनेको टोलीले बताएको थियो । हरियो एनाकोन्डा संसारको सबैभन्दा ठुलो सर्प हुन् । मान्छेले देखेको भनेर रेकर्ड भएको अहिलेसम्म सबैभन्दा ठुलो एनाकोन्डा २२७ किलोको थियो । यो ८.४३ मिटर लामो र १.११ मिटर मोटो थियो । केही जातका पाइथन यिनीहरूभन्दा पनि लामा तर पातला हुन्छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    • आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.