सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिप्टोको कारोबार गर्ने कम्पनीलाई दिएको ऋण फिर्ता नभएपछि अमेरिकाको सिलिकन भ्याली बैंक बन्द


  •    न्युजभित्तो/२८ फाल्गुन २०७९, आईतवार ०८:१६ 
  • काठमाडौं, २८ फागुन । अमेरिकाको ‘सिलिकन भ्याली बैंक’ सँधैको लागि बन्द भएको छ । ४० बर्षको इतिहासलाई समाप्त गर्दै अमेरिकाको १६औं ठूलो बैक शुक्रबार बन्द भएको हो । निक्षेपकर्ताहरुको पैसा फिर्ता गर्ने ४८ घण्टाको पूर्ण प्रयास असफल भएपछि बैंक बन्द भएको घोषणा गर्दै सिलिकन भ्याली बैंकलाई क्यालिफोर्नियाको नियामकले नियन्त्रणमा लिएको हो ।

    युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनले सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप नियन्त्रणमा लिएर बैंक सँधैको लागि बन्द गराएको हो । यससँगै सिलिकन भ्याली बैंक सन् २००८ को वित्तीय संकटपछि बन्द हुने दोस्रो सँस्था बन्न पुगेको छ । यस अगाडी वाशिंगटन म्युचुअल बन्द भएको थियो । बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकिरहेको थिएन । पैसा फिर्ता गर्नलाई दीईएको ४८ घण्टाको समयमा पनि सिलिकन भ्याली बैंक असफल भएपछि नियामकले आफ्नो नियन्त्रणमा लिएको हो ।

    बैंक बन्द भएपनि बैंकमा २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप भने सुरक्षित रहेको र त्यति बराबरको पैसा फिर्ता हुने भएको छ । अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) ले त्यहाँको कुनै पनि बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ ।

    सोहि कारण सिलिकन भ्याली बैंकमा दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप सम्बन्धित व्यक्ति वा संस्थालाई नै फिर्ता हुनेछ । सन् १९८३ मा स्थापित सिलिकन भ्याली बैंकले अमेरिकाका आइटी तथा क्रिप्टोको कारोबार गर्ने कम्पनीलाई दिएको ऋण फिर्ता नभएपछि बैंक यो अवस्थामा पुगेको हो । क्रिप्टो कम्पनीहरुमा समस्या आएपछि त्यसको असर बैंकमा परेको हो । बैंकले लगानी गरेका केहि क्रिप्टो कम्पनीहरु डुबिसकेको र अधिकांश कम्पनी डुब्ने अवस्थामा रहेपछि ऋण उठ्न नसकेको र सोहि कारण बैंक बन्द भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

    बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप रहेको सिएनएनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.