सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिहे गरेको २ वर्षसम्म पनि शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी


  •    न्युजभित्तो/८ फाल्गुन २०८०, मंगलवार १६:०९ 
  • काठमाडौं, ८ फागुन । भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा अनुसन्धान थालिएको महिला थाना प्रहरीले जनाएको छ।

    पीडित युवती वैशाली जिल्ला लालगन्ज थाना क्षेत्रस्थित एक गाउँकी बासिन्दा हुन् भने आरोपित श्रीमान् अहियापुर थाना इलाकाका बासिन्दा हुन्। प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनेकी छन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। विवाहपछि म ससुराको घर गएँ। तर विवाह भएको दुई वर्षसम्म पनि मेरा श्रीमान्‌ले मसँग शारीरिक सम्बन्ध राखेनन्। त्यसपछि मैले यो कुरा ससुरालाई भनेँ तर उनले पनि छोरालाई सम्झाएनन्।’ त्यसपछि पीडित महिलाले श्रीमानलाई सोधिन्, ‘मसँग किन यौन सम्पर्क गर्नुहुन्न रु ’

    यसो भन्दा पतिले बारम्बार गाली र कुटपिट मात्र गर्ने गरेको ती महिलाले एफआरआईमा उल्लेख गरेकी छन्। ‘यति मात्र होइन, म आमाबुवाको घरमा जाने भन्दा पतिले धम्की दिन्थे– ‘घरबाट निस्किस् मात्र भने तँ र तेरो परिवारैलाई मारिदिन्छु। बल्लबल्ल हजुरबुवा बिरामी भएको बहानामा म माइती आएकी छु, तर अहिले पनि श्रीमानसहित ससुराले मलाई लगातार धम्की दिइरहेका छन्’, पीडित महिलाले जाहेरीमा लेखेकी छन्।

    यस विषयमा एफआइआर दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको महिला प्रहरी चौकीकी अधिकृत अदिती कुमारीले बताइन्। ‘जाहेरीमा पीडित महिलाले विवाहपछि श्रीमानले श्रीमान्–श्रीमती सम्बन्ध कायम नगरेको बताएकी छन्। धेरै सम्झाइबुझाइ गर्दा पनि काम लागेन, अन्ततः एफआईआर दर्ता गर्न बाध्य भएँ, पतिसँगै जाहेरीमा नाम भएका सबैले पतिलाई सम्झाउनुको सट्टा उल्टै मलाई दबाब दिए भनेर लेखेकी छन्’, अधिकृत अदितीले भनिन्।

    पीडित महिलाले पतिसहित परिवारका ६ जनाविरुद्ध जाहेरी दिएकी छन्। पीडित महिलाको जाहेरीका आधारमा भारतीय दण्ड संहिताको धारा ३४१, ३२३, ४९८ ए, ३७९, ५०४, ५०६, ३४ अन्तर्गत एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.