समाज
चितवन,२० पुस । चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ । नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गरेका हुन् । विद्यालयले समयमै बिल...
चितवन, २० पुस । भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधरणहरूमा सजगता अपनाउन आग्रह गरेको छ । जाडोयाम सुरु भएसँगै महानगरमा पनि शीतलहरको प्रभाव पर्न सक्ने भएकाले चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो । महानगरले आज एक सूचना प्रकाशित गर्दै गोडा...
नवलपरासी,२०पुस । आर्थिक अनियमिततालगायत आरोप लागेपछि पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई अनुसन्धानका लागि प्रहरी हेडक्वार्टर तानिएको हो । उनको स्थानमा जिल्लामै कार्यरत डीएसपीलाई निमित्तको जिम्मेवारी दिइएको...
चितवन, २० पुस। बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम...
चितवन,२० पुस । भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन सुरुआत गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क सङ्कलन थालनी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको...
पर्वत, २० पुस । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको...
चितवन,२० पुस। पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३ः४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले...
काठमाडौँ, २० पुस । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित...
कावासोती,१९ पुस। पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ। दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ। कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा...
चितवन, १८ पुस। चितवन जिल्लामा पशुपालक किसानका २७४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले...














