समाज

सर्लाहीमा लागुऔषध गाँजासहित एक दम्पती पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, २९ पुस । सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् । ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह...

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
-न्युजभित्तो

बलेवा, २९ पुस । मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर सडकदेखि खस्दा चालकको मृत्यु भएको छ । ध १ त ४७१२ नम्बरको खाली ट्रयाक्टर मङ्गलबार राति १० बजे बागलुङ नगरपालिका–३ बोक्सेगैह्रामा सडकदेखि १५० मिटर तल खसेको थियो । घटनामा म्याग्दीको...

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
-न्युजभित्तो

काठमाडाँै, २८ पुस । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी...

उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट
-न्युजभित्तो

लमजुङ, २८ पुस । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक...

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु
-न्युजभित्तो

सप्तरी, २८ पुस । छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मङ्गलबार राति ९ बजे आफ्नै घर अगाडि बाटामा हिँडिरहेका...

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने
-न्युजभित्तो

काठमाडौँ, २८ पुुस । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना...

सामुदायीक वनमा भाले बाघ मृतावस्थामा
-न्युजभित्तो

चितवन, २८ पुस । कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ...

निर्माण हुने शीतभण्डार भवनको शिलान्यास
-न्युजभित्तो

मकवानपुर, २७ पुस । वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभएको छ । प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा...

भरतपुर कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण
-न्युजभित्तो

चितवन, २७ पुस । टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण...

माघीको तयारीमा जुटे थारु समुदाय
-न्युजभित्तो

कैलाली, २७ पुस । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा...