सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उवासङ्घ लमजुङमा सिलवालः होटेल व्यवसायी सङ्घ कञ्चनपुरमा भट्ट


  •    न्युजभित्तो/२८ पुष २०७७, मंगलवार १४:०७ 
  • लमजुङ, २८ पुस । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

    घोषणा गरिएको मतपरिणामअनुसार सिलवालले एक हजार ३५९ मत प्राप्त गर्नुभयो भने लामिछानेले एक हजार ४५ मत प्राप्त गर्नुभयो । सिलवाल सङ्घमा द्वितीय उपाध्यक्ष र लामिछाने महासचिवको जिम्मेवारी सम्हालीसक्नुभएको छ । त्यस्तै सङ्घको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै मृगेन्द्र घिमिरेले प्रगतिशील समूहका विकास श्रेष्ठलाई १५९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको छ ।

    द्वितीय उपाध्यक्षमा लोकतान्त्रिक समूहकै भरतकुमार श्रेष्ठले ३२२ मतले आफ्ना निकटम प्रतिद्वन्द्वी प्रगतिशील समूहका भरतबहादुर विष्टलाईपछि पार्दै निर्वाचित हुनुभएको छ । तृतीय उपाध्यक्षमा कृष्णजङ्ग गुरुङ विजयी हुनुभएको छ । महिला सदस्यमा एक हजार २८७ र एक हजार १९५ मत ल्याएर क्रमशः आइसा मियाँ र मनु पन्त विजयी भएका छन् । खुला सदस्यमा शिवराम सिलवाल एक हजार २५२, सुरेशकुमार प्रधान एक हजार २८८ र प्रदीप बस्नेत एक हजार २७४ मतका साथ विजयी भएका छन् । कूल दुई हजार ६८४ मतदाता रहेकामा दुई हजार ४६७ मत खसेको थियो ।

    शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार अपराह्न १ बजेदेखि शुरु भएको थियो । कञ्चनपुर– होटेल व्यवसायी सङ्घ कञ्चनपुरको अध्यक्षमा जगदीशचन्द्र भट्ट निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको १६औँ अधिवेशनमा अध्यक्ष भट्टको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । यस अघि सङ्घमा भट्ट पर्यटन उपाध्यक्ष रहनुभएको थियो । यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, महासचिवमा रामचन्द्र रेग्मी र कोषाध्यक्षमा लोकबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा प्रकाश कुँवर, डम्बर ठकुल्ला, मोहनबहादुर सिंह, मीना शाह, मानसिंह ऐर, शिव भण्डारी र सागर बुढाऐर निर्विरोध निर्वाचित हुनुभएको छ ।

    चार सदस्यपछि कार्यसमिति र अध्यक्षले मनोनित गरी समितिलाई पूर्णता दिने विधान छ । प्रशासन उपाध्यक्षमा सुशीलकुमार भट्ट र केशवसिंह धामीले उम्मेदवारी दिनुभएको छ । भट्ट सङ्घका निवर्तमान समितिका महासचिव हुनुहुन्छ । पर्यटन उपाध्यक्षमा दुई जनाले उम्मेदवारी दिनुभएको छ । पर्यटनका लागि महेश बोहरा र राजन टुकुरिया उम्मेदवार हुनुभएको छ । सचिवमा लोकराज पोखरेल र डम्बर खड्काले उम्मेदवारी दिनुभएको छ । आजसम्म उम्मेदवारी फिर्ता लिने समय तालिका बनाइएको छ ।

    उम्मेदवारी फिर्ता नभए निर्विरोध हुन नसकेका सबै पदमा निर्वाचन हुनेछ । सङ्घमा अहिलेसम्म निर्विरोध नेतृत्व चयन हुँदै आएकाले त्यसका लागि पहल अघि बढेको छ । सङ्घमा ४०८ व्यवसायी मतदाता हुनुहुन्छ । नयाँसमितिको अध्यक्षमा निर्विरोध भएका भट्ट होटल गङ्गोत्रीका सञ्चालक हुन । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले शनिबार अधिवेशन उद्घाटन गर्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.