सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै


  •    न्युजभित्तो/२८ पुष २०७७, मंगलवार १५:२८ 
  • काठमाडाँै, २८ पुस । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिनुभयो ।

    युरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उहाँले बताउनुभयो । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, उहाँले भन्नुभयो, “विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।” त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् ।

    विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उहाँले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ ।

    उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । विभागको कार्यविधिअनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्याङ्क लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । वैदेशिक रोजगारीका क्रममा भनेअनुसारको तलब, काम र सेवासुविधा नपाएको खण्डमा पनि पीडितले स्वदेश फर्किइसकेपछि विभागमा उजुरी गर्न पाउँछन् ।

    यदि छ महिनामा नै पीडित फर्किएको खण्डमा एक वर्षभित्र र सेवाअवधि पूरा गरेर फर्किएको एक वर्षभित्र मेनपावर कम्पनी विरुद्ध पीडितले उजुरी गर्न पाउने प्रावधान छ । विभागबाट इजाजत प्राप्त मेनपावरका कतिपय उजुरी फोनमार्फत सुनुवाइ गर्ने गरेको सूचना अधिकारी न्यौपानेको भनाइ छ । विभागले पटकपटक ताकेता गर्दा मेनपावरबाट कुनै प्रतिक्रिया नआएको खण्डमा विभागले पक्राउ पुर्जी जारी गरी सम्बन्धित मेनपावर कम्पनीका व्यक्तिलाई जेल चलान गर्दै आएको छ ।

    इजाजत प्राप्त मेनपावर कम्पनीले गर्ने गरेको ठगी र व्यक्तिगत ठगी घटनाका उजुरीहरु दर्ता हुने गरको विभागले जनाएको छ । सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारी ठगीका उजुरीको सुनुवाइ गर्दै आइरहेका छन् । जिल्लाबाट सुनुवाइ गर्न नसकिएका उजुरीहरु भने विभागमा जाने गर्छन् । त्यसैगरी विभागको कारबाही चित्त नबुझेको खण्डमा पीडितले सो उजुरी पुनरावेदनमार्फत उच्च अदालतमा दर्ता गराउन पनि पाउँछन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.