सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माण हुने शीतभण्डार भवनको शिलान्यास


  •    न्युजभित्तो/२७ पुष २०७७, सोमबार १२:५० 
  • मकवानपुर, २७ पुस । वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभएको छ ।

    प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडा नं ८ मा करीब रु ५७ लाख १२ हजार ४१७ को लगानीमा सो शीतभण्डार निर्माण हुने छ । आगामी विसं २०७८ वैशाखको पहिलोदेखि शीतभण्डारलाई सञ्चालनमा ल्याइने प्रदेश कृषि मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारीदिनुभयो ।

    उहाँका अनुसार शीतभण्डारको क्षमता १०० मेट्रिक टन रहेकोे छ । सो समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री लामाले मन्त्रालयले गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको जानकारी दिनुभयो । सो अवसरमा कृषि मन्त्रालयका सचिव मतिना वैद्यले प्रदेशका विभिन्न जिल्लामा धुलो दूधको उत्पादनस्तर गरी अन्तरराष्ट्रिय बजारसम्ममा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्राथमिकता दिइएको बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.