समाज

नयाँ वर्ष २०७७ शुरु, घरमै बसेर मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । आज विक्रम संवत् २०७७ वैशाख १ गते, नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा...

कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, छ सय पैंसठ्ठी जनामा सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान...

कोरोनाका कारण फेरि अर्का भूपू गोरखा सैनिकको निधन
-न्युजभित्तो

लण्डन । कोरोना भाइरसका कारण बेलायतमा फेरि अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा शनिबार ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हो...

निःशुल्क खाना खुवाउँदै चितवनका युवा उद्यमी
-न्युजभित्तो

चितवन । लामो समय लकडाउन भएपछि आ­आफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो । अभियानका संयोजक कृष्ण...

कोभिड–१९ : मृत्यु हुनेको सङ्ख्या एक लाख दुई हजार नाघ्यो, झण्डै १७ लाख सङ्क्रमित (अपडेट)
-न्युजभित्तो

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट पछिल्लो अपडेटअनुसार एक लाख दुई हजार सात सय ३४ जनाको मृत्यु भएको छ । यो आज विहान १० बजेसम्मको तथ्याङ्क हो । तीन लाख ७६ हजार तीन सय तीस जना...

यस्तो छ अमेरिकामा नेपालीको अवस्था
-न्युजभित्तो

मधुकर अधिकारी वाशिङ्टन डिसी । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४...

कोरियाले तीन महिना भिसा थप्ने
-न्युजभित्तो

जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले यहाँ रहेर भिसा (प्रवेशाज्ञा) अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) समस्याका कारण स्वदेश फर्किन सम्भव नभएका विदेशी नागरिकलाई लक्षित गरी...

सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का...

शबे बरात पर्ब घरमै मनाउन मुस्लिम सङ्घको आग्रह
-न्युजभित्तो

चितवन । नेपाल मुस्लिम सङ्घ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले इस्लाम धर्मावलम्बीलाई शबे बरात पर्व घरमै मनाउन अनुरोध गर्नुभएको छ । इस्लाम धर्मावलम्बीले बिहीबार शबे बरात पर्व मनाउने भएका छन् । अध्यक्ष मियाँले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड—...

आउने दुई साता थप चुनौतीपूर्ण हुन सक्छन्, संक्रमण फैलिन नदिन सारा प्रयास केन्द्रित गरिने छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै कोभिड–१९ संक्रमणको सन्दर्भमा आउने दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुन सक्ने भएकाले सचेत र सतर्क रहन आह्वान गर्नुभएको छ । “आउने दुई साता सायद हाम्रा लागि थप...