सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!


  •    न्युजभित्तो/२५ आश्विन २०८३, आईतवार १४:३६ 
  • भरतपुर, असोज २५ । चितवनको भरतपुर-९, हाकिमचोकस्थित मालिका मन्दिर (पृथ्वी टोल) नजिकै अत्याधुनिक ‘मोबाइल चौतारी’ शोरुम औपचारिक रूपमा सञ्चालनमा आएको छ। घटस्थापनाको शुभ अवसर पारेर आयोजित एक समारोहका बिच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले शोरुमको उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा  प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष सुवेदीले धेरै व्यवसायहरू पलायन भइरहेको र युवाहरू विदेशिने क्रम तीव्र बनेको विषम परिस्थितिमा स्वदेशमै नयाँ उद्यम सुरु हुनु प्रशंसनीय कदम भएको बताउनुभयो । “वैदेशिक रोजगारीमा जान छोडेर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने हुटहुटीका साथ युवाहरूले नयाँ व्यवसाय सुरु गर्नुले नेपालमा सकारात्मक सन्देश प्रवाह गरेको छ,” सुवेदीले भन्नुभयो [१]। व्यवसायमा सफलता पाउन ग्राहकको सन्तुष्टिलाई नै मुख्य मन्त्र  मान्नुपर्नेमा जोड दिँदै उहाँले मोबाइल चौतारीको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

    वैदेशिक रोजगारीमा दुई वर्ष बिताएर फर्कनुभएका तथा विगत ८ वर्षदेखि यसै क्षेत्रमा अनुभव हासिल गर्नुभएका युवा उद्यमी एवं मोबाइल चौतारीका प्रोप्राइटर दिनेश पण्डितले स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन व्यवसाय सुरु गरिएको बताउनुभयो । युवाहरूलाई आफ्नै मातृभूमिमा स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ अगाडि बढेको उहाँको भनाइ छ ।

    बजारको भिडभाडमुक्त क्षेत्र, व्यवस्थित पार्किङ र सुलभ मूल्यको सुविधा रहेको यस शोरुममा आइफोन, सामसङ, भिभो, साओमी (Xiaomi) लगायत सम्पूर्ण प्रमुख ब्रान्डका मोबाइलहरूसँगै चार्जर, कभर लगायतका एसेसरिजहरू उपलब्ध छन् । साथै, दक्ष प्राविधिकहरूबाट विशेष गरी आइफोन लगायत सम्पूर्ण ब्रान्डका मोबाइल मर्मत (रिपेयरिङ) को सुविधासमेत प्रदान गरिन्छ ।

    ग्राहकहरूको सहजताका लागि नागरिकताको प्रतिलिपि र आफ्नै नाममा रहेको सिमकार्डका आधारमा ०% (शून्य प्रतिशत) ब्याजदरमा किस्ताबन्दी (EMI) मा मोबाइल खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    दसैँ तथा चाडपर्वको अवसरमा ग्राहकहरूका लागि २० हजार रुपैयाँभन्दा माथिको खरिदमा स्क्र्याच कुपन अफर ल्याइएको छ। कुपनमार्फत ग्राहकहरूले स्मार्ट वाच, पावर बैंक, ३२ इन्चको टिभी तथा सुनको औँठी जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने  प्रोप्राइटर  पण्डितले बताउनुभयो । ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.