सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी


  •    न्युजभित्तो/२३ चैत्र २०७७, सोमबार ११:५० 
  • सुर्खेत, २३ चैत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने भएका छन् ।

    माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा संयुक्त राजीनामा दिने तयारीमा छन् ।

    ‘हिजो बसेको संसदीय दलको वैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव म आफैले राखेको हो,’ सामाजिक विकास मन्त्री दल रावलले नेपालप्रेससँग भने, ‘त्यहि आधारमा हामी भोलि बस्ने वैठक अगाडी नै राजीनामा दिन्छौं र संसदीय दलको वैठकमा जानेछौं।’

    आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको उनको भनाइ छ ।

    ‘हामी भोलि विहानसम्म मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा घोषणा गर्नेछौं, वनमन्त्री बुढाले भने ।

    राजीनामासँगै मन्त्री क्वार्टर छाड्नुपर्ने भएपछि नेताहरु अहिले वासस्थानका लागि फ्ल्याट खोज्न थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.