सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलो बढेपछि पुनः फैलियो तुवाँलो, मौसममा तीनदिन सुधार नहुने


  •    न्युजभित्तो/२३ चैत्र २०७७, सोमबार १२:०५ 
  • काठमाडौं ,२३ चैत । डढेलो लाग्ने क्रम पुनः बढेपछि उपत्यकासहिको वायुमण्डलमा तुवाँलो फैलिएको छ । वायुमण्डल स्थिर हुँदा अझै ३ दिनसम्म राम्रोसँग घाम नलाग्ने र प्रदूषण बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    मौसमविद् मीनकुमार अर्यालले डढेलोको कारण पुनः तुँवालो लाग्ने क्रम सुरु भएको बताए । ठूलै पानी र हावा नचले तीनदिनसम्म घाम नलाग्ने र तुवाँलो अझै बढ्ने उनले जनाए ।

    उनका अनुसार अहिले ६ देखि ७ सय जंगलमा डढेलो लागेको छ । जसको असर सोमबारदेखिको मौसममा देखिन सुरु भएको हो । ‘स्थानीय प्रणाली विकास नहुँदा तत्काल ठूलै पानी पर्ने सम्भावना पनि छैन’ उनले भने, ‘जसले गर्दा वायुमण्डल केही दिन स्थिर हुनेछ ।’

    वितेको २४ घण्टामा काठमाडौं उपत्यकाको एक्युआई (वायुगुणस्तर मापन) र माथिल्लो तस्विरमा २४ घण्टामा नेपाली आकाशमा देखिएको डढेलोको नासाले खिचेको तस्विर ।

    काठमाडौंमा ३ देखि ४ किलोमिटरसम्म भिजिब्लिटी हुनसक्ने विभागले जनाएको छ । ‘सुदुरपश्चिम, कर्णाली र बागमतीमा हल्का वर्षा हुनसक्ने देखिन्छ बेलुकापख तर, यो वर्षाले तुवाँलो हट्दैन’ अर्यालले भने ।

    वायुको गुणस्तर मापन गर्ने सूचक (एक्यूआइ) सोमबारदेखि पुनः वृद्धि भएको छ । जसअन्तर्गत काठमाडौं दरबारमार्गतको एक्युआइ ३०७ पीएम छ । अमेरिकी दुतावासको एक्युआइ ३००, भक्तपुरको १८७, झम्सिखेलको २६६ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.