सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’


  •    न्युजभित्तो/२४ आश्विन २०८३, शनिबार १८:२५ 
  • भरतपुर, २४ असोज । भरतपुरको पुरानो मेडिकल कलेजको बाटो हुँदै वीरेन्द्र क्याम्पस तर्फ जाने सडकको प्रगति पथमा अर्गानिक खाद्यान्न सामग्रीहरुको पसल ‘आहार’ खुलेको छ । “प्रकृतिका उपहार तपाईको आहार” भन्ने सन्देश सहित अर्गानिक उत्पादनहरुको पसल सञ्चालनमा आएको हो । पसलको औपचारिक शुभारम्भ घटस्थापनाको दिन असोज २५ गतेबाट हुनेछ ।

    दुई दशक अघि नारायणगढको पुतली बजारको प्रख्यात “सुवेदी किराना पसल” का सञ्चालक गोविन्द सुवेदीले यो पसल सञ्चालनमा ल्याउनु भएको हो । आफ्नो विगतको अनुभवलाई वर्तमानको आवश्यकता अनुसार पसल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । नेपालका हिमाली, पहाडी र तराईका उत्पादनसँगै विदेशी उच्चस्तरका अर्गानिक उत्पादनहरु पसलमा पाईन्छन् ।

    पसलमा उच्च गुणस्तरको ड्राईफुड, घट्टमा पिनेको पिठो, कोदो, फापर, कागुनो जस्ता नियमित घरायासी सामग्रीहरु पसलमा उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तराई, पहाड र हिमालका अर्गानिक खाद्य सामग्रीहरु ल्याएर प्याकिङ गरी उपभोक्तालाई उपलब्ध गराउने छौं ।” कतिपय सामग्रीहरु अन्य अर्गानिक उद्योगहरुबाट समेत झिकाईएको छ । ठूला व्यवसायिक मलमा भन्दा सस्तोमा सामग्री उपलब्ध गराउन सकिने उहाँको दावी छ ।

    आफ्नो अनुभवका कारण गुणस्तरमा कमि हुन नदिने सुवेदीले बताउनुभयो । पारिवारिक रुपमा सञ्चालन गरिएको र आफ्नै घरमा भएकाले लागत मूल्य कम हुने हुँदा सस्तोमा सामान दिन सकिने उहाँको भनाई छ । शुभारम्भको अवसरमा तिहारसम्म विशेष छुटको व्यवस्था गरिएको छ । प्याकेजिङहरुमा नै मूल्य कम राखेर बिक्री गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.