सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
न्युजभित्तो/२५ आश्विन २०८३, आईतवार १३:३३
चितवन, २५ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले नेपालीका मौलिक चाडपर्व, परम्परा तथा हिन्दु वैदिक सनातन धर्मको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । नेपालीका चाडपर्व, मौलिक परम्परा र वैदिक सनातन धर्मको संरक्षणमा सबै मिलेर योगदान दिन नसक्दा बाह्य शक्तिहरूले आक्रमण गर्न सफल भएको उहाँले बताउनु भएको हो ।
भरतपुर महानगरपालिका-२३ कृष्णचोकस्थित शिव मन्दिरको प्राङ्गणमा आज आयोजित सातदिने देवी भागवत सत्सङ्ग, शतचण्डी पाठ एवं नवरात्रि धार्मिक महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताउनु भएको हो ।
नेपालीको महान् चाड बडादशैँको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री तामाङले वैदिक सनातन धर्मको रक्षा र मौलिक संस्कृतिको संरक्षणका लागि सम्पूर्ण सनातनीहरूको योगदान आवश्यक रहेको बताउनुभयो। धर्म, संस्कृति र परम्पराको संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।
नेपाली समाजमा पुस्तौँदेखि चल्दै आएका धार्मिक तथा सांस्कृतिक परम्पराले समाजलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै मन्त्री तामाङले यस्ता परम्पराको निरन्तरता र संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
बडादशैँ, नवरात्रि तथा अन्य मौलिक चाडपर्वले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने उहाँको भनाइ थियो । नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराबारे जानकारी गराउँदै तिनको महत्व बुझाउनुपर्नेमा समेत उहाँले बताउनुभयो ।
कृष्णचोकस्थित शिव मन्दिरको प्राङ्गणमा आयोजना गरिएको सातदिने धार्मिक महोत्सवमा देवी भागवत सत्सङ्ग, शतचण्डी पाठ तथा नवरात्रिसम्बन्धी धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ । धार्मिक आस्था अभिवृद्धि, आध्यात्मिक चेतना विस्तार तथा मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवले स्थानीय समुदायमा धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।