सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूर पश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्न सकेन’


  •    न्युजभित्तो/२३ चैत्र २०७७, सोमबार ११:२३ 
  • कैलाली ,२३ चैत । एमाले–माओवादी एकता भंग भएपछि सुदूर पश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्न सकेको छैन । नेताबाट हट्नुपर्ने डरले प्रकाशबहादुर शाहले बैठक आह्वान नगरेका कारण एमाले संसदीय दलको बैठक बस्न नसकेको हो ।

    एमालेको माधव नेपाल पक्षका शाहले नेताबाट हट्नुपर्ने दबाब सामना गर्न नसकेकै कारण बैठक आह्वान नगरेको एक सांसदले बताए । नेता शाह प्रदेश सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् ।

    ‘दलको नेताबाट हट्न दबाब आउन सक्छ भनेर उहाँले बैठक नबोलाउनु भएको हो’ एमालेका एक सांसदले भने, ‘पहिलो बैठकबाटै दलको नेता परिवर्तन गर्ने तयारी भइरहेको छ ।’

    अहिले दलको नेताबाट शाहलाई हटाएर पठानसिंह बोहरालाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको उनले बताए । बोहरा नेकपामा विवाद हुँदा ओली समूहमा खुलेका थिए । ओली समूहमा लागेको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पुस १४ गते उनलाई बर्खास्त गरेका थिए ।

    यस अघि १५ चैत्रमा नेकपा एमालेका अध्यक्ष कर्णबहादुर थापाले संसदीय दलको बैठक बोलाएका थिए । होली पर्वका कारण सांसदहरू उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थापाले जानकारी गराएका थिए ।

    एमाले पूर्ववत् अवस्थामा फर्किसक्दा पनि बैठक नबस्दा थप अन्योल भएको एमाले सांसद पूर्णा जोशीले बताइन् ।

    ‘अहिले धेरै विषयमा छलफल गर्नुपर्ने अवस्था छ । यस्तो बेला दलको बैठक आह्वान गरिएको छैन’ उनले भनिन् ‘अझै कति दिन लाग्ने हो थाहा छैन ।’

    बजेट कार्यान्वयनको अवस्था, आगामी आर्थिक वर्षको तयारी, सरकारको गति र गतिविधिका विषयमा पनि संसदीय दलमा कुरा उठ्ने उनले बताइन् ।

    पूर्वमन्त्री समेत रहेका सांसद दीर्घ सोडारीले अहिलेसम्म बैठक आह्वान गर्ने विषयमा छलफलसमेत नभएको बताए ।

    ‘दलको बैठक कहिले बस्ने भन्ने विषयमा कुनै छलफल भएको छैन’ उनले भने ‘एजेन्डा त धेरै छन् तर, बैठक नै भएको छैन ।’

    एमाले–माओवादी एकता भंग हुनुअघि पुस १८ गते नेकपा दलको बैठक बसेको थियो । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्किने फैसला गरे पनि सुदूरपश्चिम प्रदेश सरकार भने संयुक्त रूपमा चलिरहेको छ ।

    सुदूर पश्चिम प्रदेशसभामा अहिले एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् । प्रदेशमा एमाले र माओवादीको संयुक्त सरकार छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.