परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
न्युजभित्तो/२५ आश्विन २०८३, आईतवार १०:५४
चितवन, २५ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले परम्परागत कृषिलाई प्रवर्द्धन गर्दै व्यावसायिक रूपमा विकास गर्न सके किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका–२० स्थित भीमनगर फलेनी गाउँमा निर्माण गरिएको साङ्ग्पो थरको पलरी गुम्बाको सभाहल उद्घाटन तथा बडादसैँ २०८३ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले यस्तो बताउनु भएको हो । मन्त्री तामाङको सांसद विकास कोषबाट करिब २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सभाहलको उहाँले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री तामाङले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधि, व्यावसायिक सोच र उत्पादनमुखी योजनासँग जोड्न सके किसानको आर्थिक अवस्था सुधार गर्न सकिने बताउनुभयो । कृषि क्षेत्रलाई आयआर्जन र रोजगारीको भरपर्दो माध्यमका रूपमा विकास गर्न सके ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि दिनरात नभनी काम गरिरहेको उल्लेख गर्दै जनताको आवश्यकता र अपेक्षाअनुसार विकास निर्माणका कामलाई अघि बढाउन आफू निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । जनताका समस्या समाधान गर्नु र उनीहरूको जीवनस्तर सुधारमा योगदान पुर्याउनु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
स्थानीयस्तरमा निर्माण हुने सार्वजनिक तथा सामुदायिक संरचनाले सामाजिक एकता, सांस्कृतिक संरक्षण र सामूहिक गतिविधि सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री तामाङले यस्ता पूर्वाधारको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गुम्बामा निर्माण गरिएको सभाहलले स्थानीय समुदायलाई विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । सभाहल निर्माणले स्थानीय बासिन्दालाई सामूहिक भेला, छलफल, सांस्कृतिक गतिविधि तथा चाडपर्वका अवसरमा कार्यक्रम आयोजना गर्न आवश्यक स्थान उपलब्ध गराउने विश्वास गरिएको छ ।
कार्यक्रममा भरतपुर महानगरपालिका–२५ का वडाध्यक्ष छविलाल सापकोटा, भवन निर्माण कार्य समितिका अध्यक्ष डम्बर तामाङ र गुम्बाका अध्यक्ष लोकबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँहरूले सभाहल निर्माणले स्थानीय समुदायलाई सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
बडादसैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा दसैँको शुभकामना साटासाट गर्नुका साथै स्थानीय विकास, सामुदायिक एकता र सामाजिक सद्भावका विषयमा समेत चर्चा गरिएको थियो ।