सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट


  •    न्युजभित्तो/२४ आश्विन २०८३, शनिबार १८:१२ 
  • चितवन, २४ असोज । चितवनको भरतपुरमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको सेल्सबेरी चितवनले आफ्नो दोस्रो शाखा भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालनमा ल्याउने भएको छ । घटस्थापनाको अवसर पारेर यही असोज २५ गतेदेखि बुद्धचोकमा सेल्सबेरीको दोस्रो शाखा शुभारम्भ हुन लागेको हो ।

    उपभोक्ताको चाहना र आवश्यकतालाई प्राथमिकता दिँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासहित नयाँ शाखा सञ्चालनमा ल्याउन लागिएको सिबिसीका कार्यकारी अध्यक्ष दिनुप बरालले बताउनुभयो । बुद्धचोकस्थित क्यान्सर अस्पताल नजिकै स्थापना गरिएको नयाँ शाखाले त्यस क्षेत्रका उपभोक्तालाई दैनिक उपभोग्य सामग्री तथा विभिन्न आवश्यक वस्तु खरिद गर्न सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    बुद्धचोक शाखा शुभारम्भको दिन (२५ असोजमा) पाँच देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । असोज २६ गतेदेखि बुद्धचोक र सिबिसी प्लाजामा रहेको पहिलो शाखाबाट समेत दुईदेखि १५ प्रतिशतसम्म छुट दिईएको उहाँको भनाई छ । यो छुट सुविधा दशैंभरी रहने बरालले जानकारी दिनुभयो ।

    सेल्सबेरीले नयाँ शाखाको शुभारम्भ र चितवनमा आफ्नो पहिलो शाखा सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा दुवै शाखाबाट विशेष छुटको व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “असोज २६ गतेदेखि दसैंभर ग्राहकले दुईदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।” नयाँ शाखाको उद्घाटनसँगै ग्राहकलाई आकर्षित गर्न विभिन्न विशेष अफर, आकर्षक मूल्य र छुटका कार्यक्रमसमेत ल्याइएको उहाँको भनाई छ ।

    सेल्सबेरीको पहिलो शाखा भरतपुरस्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रहेको छ । उक्त शाखाले एक वर्षको सेवा पूरा गरेसँगै कम्पनीले चितवनमा आफ्नो सेवा विस्तार गरेको हो । दोस्रो शाखा सञ्चालनमा आएसँगै कृष्णपुर क्षेत्रका उपभोक्तालाई किनमेलका लागि थप सहजता हुने उहाँले बताउनुभयो ।

    ग्राहकको चाहना, आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने उद्देश्यले नयाँ शाखा स्थापना गरिएको उहाँको भनाइ छ । दैनिक उपभोग्य लगायत घरायसी सम्पूर्ण वस्तु एउटै स्थानबाट खरिद गर्न सकिने डिपार्टमेन्ट स्टोरको अवधारणाले व्यस्त उपभोक्तालाई समय बचत गर्नसमेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    नयाँ शाखाको शुभारम्भ तथा पहिलो शाखाको वार्षिकोत्सवको अवसरमा उपलब्ध गराइएको छुटबाट ग्राहकले लाभ लिन सक्नेछन् । सेल्सबेरीले ग्राहकको माया, विश्वास र सहयोगलाई आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिँदै आएको कार्यकारी अध्यक्ष बरालले बताउनुभयो ।

    सेल्सबेरीको नयाँ शाखाको शुभारम्भका अवसरमा ग्राहकलाई उपस्थित भई सेवा तथा विशेष अफरको लाभ लिन उहाँले आग्रह गर्नुभयो । आगामी दिनमा पनि ग्राहकको आवश्यकता र चाहनालाई प्राथमिकता दिँदै सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता कार्यकारी अध्यक्ष बरालले व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.