समाज

कञ्चनपुरहुँदै नेपालीलाई भारत जान रोक
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख ।  कञ्चनपुर जिल्ला प्रशासनले नेपालीलाई भारत जान रोक लगाएको छ। अत्यावश्यक काममा बाहेक सबै नेपालीलाई कञ्चनपुरहुँदै भारत जान रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले गौरीफन्टा र गड्डाचौकी दुबै नाकाबाट भारत जान रोक लगाइएको जानकारी दिए।...

प्रदेश सरकारले उच्चशिक्षा ऐन ल्याउँदै
-न्युजभित्तो

वाग्मती, १४ वैशाख । वाग्मती प्रदेश सरकारले तत्कालै उच्च शिक्षा ऐन ल्याउन लागेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रममा प्रदेशसभाको अब बस्ने बैठकमा नै प्रदेश उच्चशिक्षा ऐन प्रस्तुत हुने बताउनुभयो...

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यस वर्षपनि स्थगन गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६ का अध्यक्ष मुकुन्द...

अपाङ्गता भएकालाई कुखुराका चल्ला वितरण
-न्युजभित्तो

गण्डकी, १४ वैशाख । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक...

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण
-न्युजभित्तो

जाजरकोट, १४ वैशाख । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन्...

पोखराको पर्यटन विकासका लागि परिषद् र महानगरबीच छलफल
-न्युजभित्तो

पोखरा, १४ वैशाख । पोखराको दिगो पर्यटन विकासका लागि पोखरा महानगर र पर्यटन व्यवसायीबीच छलफल भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईको नेतृत्वमा सङ्घमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधिसहितको टोली र महानगरका प्रमुख मानबहादुर जिसीबीच कोभिड–१९ को समस्या र...

नयाँ बसपार्कमा उपत्यका छाड्ने यात्रुको भीड, टिकट पाउनै मुस्किल
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख  । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै...

चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन
-न्युजभित्तो

चितवन, १४ वैशाख । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या...

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त,
-न्युजभित्तो

बुटवल , १३ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन...

सर्वोच्चद्वारा माधव नेपालको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार
-न्युजभित्तो

काठमाडौं , १३ वैशाख। सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । माधव नेपालसहितका नेताहरूको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेको आधारमा अन्तरिम आदेश दिइरहन नपर्ने ठहर...