सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जाजरकोट र रुकुमपश्चिमका गाउँगाउँमा केन्द्रीय प्रसारण


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १०:५० 
  • जाजरकोट, १४ वैशाख । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन् ।

    त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् । नगरपालिकाका १४ वडामध्ये ३ नं वडाको खदीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौँदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी भएका छन् । अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ ।

    दुई सय ५७ घरमा विद्युत् पु¥याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताउनुभयो । गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार रु १९ करोड ३७ लाख लागतमा विद्युत् विस्तारको काम भइरहेको छ ।

    जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् । रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत् आपूर्ति शुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत् आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति शुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।

    रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत् सबस्टेशन बन्दैछ । यसै महिनाभित्र उक्त सबस्टेशनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले बताउनुभयो । उहाँका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेशनको विद्युत्लाई जिल्लाका झण्डै १२ हजार ग्राहकसँग लिङ्क गरिएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत् सेवा शुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिने छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.