सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त,


  •    न्युजभित्तो/१३ बैशाख २०७८, सोमबार १७:१२ 
  • बुटवल , १३ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।

    संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।

    ​यसरी उपनेता, प्रमुख सचेतक र सचिव चयन गरिका सबै हालै शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्रीहरु हुन् । ६ सांसद रहेको जसपा नेपालका ४ सांसदको हस्ताक्षरमा नेताहरु चयन गरिएको हो । उक्त बैठकमा नगएका दुई जनाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।

    सुरुदेखि जसपा संसदीय दलको नेता रहेका सहसराम यादवले उपनेता र प्रमुख सचेतक छनौटको विरोध गरे । उनले संसदीय दलको विधानमा दुई वर्षसम्म दलको नेतालाई हटाउन नमिल्ने स्पष्ट उल्लेख भएको बताए ।

    पार्टीको निर्णयबिना सरकारमा सामेल भएका चारजनालाई कारवाहीका लागि आफूले पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको र छिट्टै निर्णय आउने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.