सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएकालाई कुखुराका चल्ला वितरण


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार ११:१७ 
  • गण्डकी, १४ वैशाख । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पुयाउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ ।

    नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अतिविपन्न एवं अशक्त १५ परिवारलाई कूल ३०० चल्ला वितरण गरिएको हो । सामाजिक विकास मन्त्रालयको रु एक लाख ६० हजार आर्थिक सहयोगमा कुखुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०÷२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा सङ्घका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त (बाग्दास)ले जानकारी दिनुभयो ।

    विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पलाई पूरा गर्नेतर्प लाग्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रमा कष्टकर जीवन बिताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपाङ्गता भएका व्यक्तिलाई बीउ पूँजीअन्तर्गत कुखुराका चल्ला वितरणले आयआर्जनसहित जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङलगायतले समाजमा अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.