सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कञ्चनपुरहुँदै नेपालीलाई भारत जान रोक


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार ११:४४ 
  • काठमाडौँ, १४ वैशाख ।  कञ्चनपुर जिल्ला प्रशासनले नेपालीलाई भारत जान रोक लगाएको छ। अत्यावश्यक काममा बाहेक सबै नेपालीलाई कञ्चनपुरहुँदै भारत जान रोक लगाइएको हो।

    प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले गौरीफन्टा र गड्डाचौकी दुबै नाकाबाट भारत जान रोक लगाइएको जानकारी दिए। ‘अत्यावश्यक जानैपर्ने काम भए सहजीकरण गरिदिन्छौं, नभए रोक लगाएका छौं,’ उनले भने।

    भारतीय बजारमा दैनिक किनमेलका लागि मानिसहरू जाने क्रम नरोकिएपछि यस्तो निर्णय गरिएको उनले जानकारी दिए। यद्यपी यी नाकाभएर स्वदेश फर्कने नेपालीलाई कुनै रोक नलगाइए पनि नेपालीबाहेक अन्य मुलुकका नागरिकलाई आउन रोक लगाइएको छ।

    ‘प्रभावित क्षेत्रबाट आउने नेपालीलाई पनि सिमामै एन्टिजेन परीक्षण गर्छौं, नेगेटिभ आउने गन्तव्यमा जान्छन्, पोजेटिभ आउने आइसोलेसनमा बस्छन्,’ उनले भने।

    प्रशासनले बुधबारदेखि लागू हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ। बजार व्यवसाय बिहान ८ बजेदेखि  दिउँसो ३ बजेसम्म र शनिबार भने दिनभर बन्द गर्न प्रशासनले आदेश जारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.