समाज
काठमाडौँ, ३० वैशाख । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा...
बैतडी, २९ वैशाख । भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ । यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको प्रबन्ध मिलाउने सम्बन्धित निकायको तयारी भने त्यति प्रभावकारी...
काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ । एमाले केन्द्रीय कार्यालय सचिव...
काठमाडौं,२९ वैशाख । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा भ्रमपूर्ण समाचार सम्प्रेषण साथै आचारसंहिता उल्लंघन गर्ने ४२ सञ्चारमाध्यम कारबाहीमा परेका छन् । महामारीको समयमा प्रेस जगतबाट हुनसक्ने असावधानीबारे सचेत गराउन प्रेस काउन्सिल नेपालले निरन्तर सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ...
काठमाडौं,२९ वैशाख । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र...
काठमाडौँ, २९ वैशाख । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गर्नुभएको छ । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन...
चितवन, २९ वैशाख । विश्वभर दिवस मनाइरहँदा पिपिईभित्र गुम्सिँदै सेवामा तल्लीन छन् यहाँका नर्सहरू । तराईको चर्को गर्मीमा हावासमेत नर्छिने पिपिई लगाएर निरन्तर सेवामा खटिइरहेका हुन् उनीहरू । जिल्लाका अस्पतालहरूमा अहिले कोभिड सङ्क्रमित बिरामीको सङ्ख्या उल्लेख्य छ । अस्पतालहरूले बिरामीका...
रुकुम (पूर्व),२९ वैशाख । रुकुम–पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् । यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन...
काठमाडौं,२९ वैशाख । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग...
सुर्खेत,२९ वैशाख । कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार...












