सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १५:१६ 
  •  काठमाडौं,२९ वैशाख । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो ।

    बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग अतिरिक्त समयमा पराजित भएको थियो । धनगढी भने फाइनल पुगिसकेको छ ।

    लिगमा बुटवल र ललितपुरको सुरुवात फरक शैलीमा भएको थियो । तर यी दुई बीचको खेलमा ललितपुरले बाजी मारेको थियो । लिग चरणमा ललितपुरले बुटवललाई १-० ले पराजित गरेको थियो । खेलको पाँचौ मिनेटमा अजरवैजानका नुर्लान नोभ्रुजोभले गरेको गोल नै ललितपुरको जितमा निर्णायक बनेको थियो ।

    सुरुवाती चार खेलमा जितविहीन रहेको ललितपुरले ३ बराबरीबाट जम्मा ३ अंक जोडेको थियो । बुटवलविरुद्ध जित ललितपुरको पहिलो जित थियो र उक्त जितपछि जोसिएको ललितपुरले अन्तिम खेलमा विराटनगर सिटी एफसीलाई ४-० ले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको थियो । सुरुवाती चार खेलमा जितबिहीन भएपछि ललितपुरले प्रशिक्षक परिवर्तन गर्दै प्रदीप हुमागाइँको स्थानमा राजु तामाङलाई प्रशिक्षको भूमिका दिएको थियो ।

    अर्कोतर्फ सुरुवाती तीन खेलमा अपराजित रहँदै ५ अंक जोडेको बुटवल त्यसपछि काठमाडौं रेजर्स र ललितपुरसँग लगातार पराजित भएको थियो । ललितपुरसँग हारपछि बुटवल लिग चरणबाटै बाहिरिने खतरा बढेको थियो । तर जित्नैपर्ने अन्तम खेलमा धनगढी एफसीलाई १-० ले पराजित गर्दै ८ अंक जोडेको बुटवलले पोखरा थण्डर्सलाई हेड टु हेडमा पछि पार्दै प्लेअफमा स्थान बनाएको थियो ।

    लिग चरणमा सबैभन्दा कम गोल बेहोर्ने टिम ललितपुर हो । ललितपुरले लिगमा जम्मा ३ गोल बेहोरेको थियो । काठमाडौंसँग पहिलो खेलमै १-० ले पराजित भएको ललितपुरले त्यसपछि एफसी चितवन र धनगढी एफसीसँग समान १-१ को बराबरी नतिजा निकालेको थियो । त्यसपछि पोखरा थण्डर्ससँग गोलरहित बराबरी खेलेको ललितपुरले अन्तिम दुई खेलमा ५ गोल गरेको थियो ।

    ललितपुरले लिगमा काठमाडौं, धनगढी र पोखरासँगै सर्वाधिक ३ खेलमा क्लिनसिट राखेको थियो । बुटवलले भने लिगमा ६ गोल बेहोरेको थियो । प्लेअफ अघिको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक कप्तान र जित हात पार्दै अघि बढ्ने बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.