सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १५:५२ 
  • काठमाडौँ, २९ वैशाख ।  नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागार्इँको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ । पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद हुनुभएको थियो । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र इमान्दार नेता हुनुहुन्थ्यो । चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे गाउँमा भएको थियो । उहाँ हाल मध्यपुरथिमिमा बस्दैआउनुभएको थियो । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

    स्नातकोत्तर उहाँले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँले पटकपटक गरी छ महिना बन्दी जीवन बिताउनुभएको थियो । विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगाल्नुभएका चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गर्नुभएको थियो ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनुभएको छ । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.