सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको खोप खरिदमा भएको कमिशन छानविनको रिट सर्वोच्चले फर्काइदियो


  •    न्युजभित्तो/२९ बैशाख २०७८, बुधबार १४:२५ 
  • काठमाडौं,२९ वैशाख । कोरोनाको खोपमा भएको भनिएको कमिसनको चलखेल छानविन गर्न माग गर्दै दर्ता गर्न खोजिएको रिट सर्वोच्च अदालतले फिर्ता गरेको छ । बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले कोरोनाको खोपमा भएको भ्रष्टाचार छानविन गर्न निष्कलङ्क व्यक्तिको नेतृत्वमा आयोग बनाउन माग गर्दै रिट लिएर गएका थिए । सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले वैशाख २७ मा सो रिट दर्ता गर्न नमिल्ने आदेश गरेका छन् ।

    पन्थीबाट भएको आदेशको बिरुद्ध दर्ता गर्न खोजिएको निवेदन पनि सर्वोच्चले दर्ता नगरेको वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले  बताए । भण्डारीले भने–‘गम्भिर विषय भएको हुनाले निवेदनमा सुनुवाई गर्ने की नगर्ने भनेर न्यायाधीशले निर्णय गर्नुपर्ने थियो तर, अदालत प्रशासनले न्यायाधीशकहाँ जान दिएनन् ।’

    अदालतले गोप्य रुपमा लेनदेन गरेको कमिशन अदालतको क्षेत्राधिकारभित्र नपर्ने दावी गरेर निवेदन दरपीठ गरेको छ । वरिष्ठ अधिवक्ता भण्डारीले औषधि खरिदमा भएको भ्रष्टाचार, कोभिड–१९ शुरु भएपछिको कालोबजारी, सरकारले गरेको खर्च र अपचलनबारे छानविन गर्न डा. गोविन्द केसी, डा.द्वारिकानाथ ढुंगेल र सुकदेव भट्टराईजस्ता निष्कलंक व्यक्तिको नेतृत्वमा नागरिक आयोग गठन गर्न माग गरेका छन् ।

    भारतमा कोभिड–१९ सम्बन्धी अदालतले आफैं निवेदन लिएर आदेश गरिरहेको उल्लेख गर्दै भण्डारीले भने–‘गम्भिर मानवीय मुद्दामा लगेको रिट सर्वोच्चले दर्ता नगरेपछि अब, नागरिक कहाँ जाने, न्याय कहाँ पाउने ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.