समाज

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण
-न्युजभित्तो

गण्डकी, २९ वैशाख । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले...

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको...

पुरानो मेडीकल कलेजमा थप २ जना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

 चितवन,२९ बैशाख ।  जिल्लामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडीकल कलेजमा उपचाररत चितवनका र रोल्पाका एक–एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ७० वर्षिया वृद्धा रहेकी छन्...

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो
-न्युजभित्तो

नयाँ दिल्ली, २९ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) बाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ । केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी...

कोभिड शङ्कास्पद बिरामीलाई जथाभावी औषधि नदिन आग्रह
-न्युजभित्तो

कर्णाली, २९ वैशाख । कोभिड–१९ को सङ्क्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शङ्कास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ । पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट...

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन
-न्युजभित्तो

–विमलबहादुर विष्ट, डोटी, २९ वैशाख । यहाँका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् । कोरोना सङ्क्रमणले जिल्लावासी आक्रान्त बन्दासमेत यहाँका दुई नगरपालिकासहित साता स्थानीय तहले अहिलेसम्म पनि क्वारेन्टिन र...

घनश्याम भुसालको उद्घोष-‘हामी ओलीसँग आत्मसमर्पण गर्दैनौं
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने उद्घोष गरेका छन् । आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा आफूहरुलाई राम्ररी थाहा भएको भन्दै भुसालले ओलीविरुद्ध संघर्ष जारी...

पार्टीले एक असल र निष्ठावान् नेता चौलागाईँलाई गुमायो : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा पर्नुभएका...

साधना लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री...

अन्तरराष्ट्रिय उडान प्रतिबन्ध लम्बियो : अत्यावश्यक उडान जारी
-न्युजभित्तो

काठमाडौँ, २९ वैशाख । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी...