समाज
काठमाडौँ, ८ वैशाख । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा...
महेन्द्रनगर, ८ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या...
नेपालगञ्ज, ८ वैशाख । नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ । सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिनुभयो । यसका पहिलोपटक २०७९ चैत...
गण्डकी, ८ वैशाख । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो । घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम...
काठमाडौँ, ८ वैशाख । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...
म्याग्दी, ८ वैशाख । जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन रु ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । ६० वर्षीय गौचनले विसं २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण रु ३८ हजार १५०...
त्रिवेणी (नवलपरासी), ८ वैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत््का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको प्रसारण लाइन नसकेको हो...
चितवन, ८ वैशाख । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत् महसुुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड चार लाख १७ हजार ३८१...
काभ्रेपलाञ्चोक, ८ वैशाख । पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ । भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख...
टीकापुर, ८ वैशाख । कैलालीको टीकापुरका महिला बढी आम्दानी लिनका लागि बेमौसमी तरकारीखेतीमा सम्लग्न भएका छन् । टीकापुर–१ सत्घरुवामा महिलाहरुले जीविकोपार्जनका लागि सामूहिक रुपमा बेमौसमी तरकारीखेती गरेका छन् । सत्घरुवामा रहेको मिलिजुली कृषक समूहमा विपन्न वर्गका २३ महिलालाई छनोट गरी...

















