सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चक्कु प्रहार गरी युवकको हत्या


  •    न्युजभित्तो/८ बैशाख २०८३, मंगलवार १२:५० 
  • महेन्द्रनगर, ८ वैशाख । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु प्रहरी गरी हत्या गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

    स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ः०० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको बताउनुभयो ।

    उहाँले आरोपितहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.