सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा


  •    न्युजभित्तो/८ बैशाख २०८३, मंगलवार १२:४० 
  • नेपालगञ्ज, ८ वैशाख । नेपालगञ्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ ।

    सो मूर्तिको लागत रु १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिनुभयो । यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ ।

    मूर्ति निर्माण गर्ने कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमान मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने उहाँको भनाइ छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई जोडने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको जानकारी दिनुभयो । यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उहाँले अयोध्यासँगको जोड्ने सके धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गर्नुभयो । “यसले नगरको धार्मिक र सांस्कृतिक महत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ”। नगरप्रमुख विष्टले भन्नुभयो ।

    हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस पवित्र स्थानमा भौतिक संरचनाको विकास भएकोमा खुसी व्यक्त गर्दै त्रेता युगमा श्रीराम हनुमानजीको अनन्य भक्त भएर अधर्मको नाश गरेको बताउनुभयो । “त्यस युगमा अधर्मको नास गर्न हनुमानजीले एउटा चमत्कार नै गर्नुभएको छ, त्यसैले यसको महत्व अहिले पनि वढदै गएको छ”, उहाँले भन्नुभयो ।

    ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले हनुमानगढीको महिमा झन बढेको महन्त गिरीको भनाइ छ । हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको १०८ फिट अग्लो हनुमानको सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ । यस स्थानमा बर्सेनि हनुमान जयन्तीमा उत्सव हुने गर्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
    • चक्कु प्रहार गरी युवकको हत्या
    • सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    • नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
    • घान्द्रुकमा पर्यटकीय चहलपहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.