समाज

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन सडक निर्माणमा
-न्युजभित्तो

म्याग्दी, १० वैशाख । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा...

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
-न्युजभित्तो

चौतारा, १० वैशाख । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७ मिटरको...

हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बस्नु भएको छ । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उहाँले मुक्त हलियाको रुपमा काम गर्दै आउनु भएको हो...

पर्यटक अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द
-न्युजभित्तो

बागमती, १० वैशाख । मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’ बन्द भएको छ । लोपोन्मुख वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरी, वनकवरिया समुदायको आर्थिक उत्थान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको होमस्टे पर्यटकको अभावमा बन्द...

अनुचित लेनदेनका तेह्र उजुरी
-न्युजभित्तो

चितवन, ९ वैशाख । मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै यहाँका १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।  जेनजी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन् । पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले...

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
-न्युजभित्तो

गण्डकी, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी...

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु
-न्युजभित्तो

म्याग्दी, ९ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो । ताकमदेखि हिलापोखरी–सोलवाङ हुँदै जोड्ने यो गाउँपालिकाको केन्द्र रहेको...

महेन्द्र राजमार्गमा सडक सुरक्षा कार्यक्रमः दुर्घटना न्यूनीकरणका लागि संरचना सुधार
-न्युजभित्तो

कञ्चनपुर, ९ वैशाख । कञ्चनपुरको पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत अत्तरिया–गड्डाचौकी सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रमअन्तर्गत सडकमा ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षालाई...

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
-न्युजभित्तो

बागमती, ९ वैशाख । मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ ।  सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त...

दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
-न्युजभित्तो

तुलसीपुर (दाङ), ९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ ।  त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक...