समाज
मान्म (कालीकोट), ८ वैशाख । निर्माण सम्झौताको म्याद सकिएको एक वर्ष बित्दा पनि यहाँको पलाँता र पचालझरना गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पक्की पुल निर्माण भएको छैन । पलाँता गाउँपालिकालाई पूर्ण रूपमा तथा पचालझरना गाउँपालिकाका–१ देखि ५ नं वडासम्म...
कञ्चनपुर, ८ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ...
काठमाडौँ, ८ वैशाख । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै विपद् पर्ने बित्तिकै सशस्त्र प्रहरी बलकै सम्झना आउँछ । आपत् प-यो कि सशस्त्रलाई सम्झने उहाँको बानी नै परिसक्यो । उहाँले भन्नुभयो, “प्राकृतिक वा मानवजन्य विपद्मा मानवीय उद्धारमा...
वालिङ (स्याङ्जा), ७ वैशाख । विद्यालय बिदाको समयलाई सदुपयोग गर्दै यहाँका बालबालिकालाई सारङ्गी बजाउन सिकाइँदै छ । जिल्लाको पुतलीबजार नगरपालिकाअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई ज्येष्ठ नागरिकले मौलिक बाजा सारङ्गी बजाउन सिकाउन थालिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय...
चितवन, ७ वैशाख । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो । निकुञ्जका सूचना अधिकारी...
काठमाडौँ, ७ वैशाख । अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँदै छन् । आज सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै...
म्याग्दी, ७ वैशाख । अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ पर्यटक र पूर्वाधारका पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुुर्ताला धार्मिक गुुफा’ नामाकरण गरेको गुुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ । पाउद्वारका बासिन्दा जसे पुुनका अनुसार दुईतले गुफाभित्र विभिन्न...
चितवन, ७ वैशाख । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४ सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालका अनुसार इच्छाकामना गाउँपालिका–३, ४ र ५ कुरिननिटार, मुग्लिन सहित पृथ्वी राजमार्गबाट विभिन्न गन्तव्यमा जाँदै गरेका र पार्किङ गरी राखिएका...
लुम्बिनी, ७ वैशाख । नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो । विसं १८७१ वैशाख ७ गते आजकै दिन बुटवलस्थित जितगढी किल्लामा नेपाली सेनाले आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई परास्त गर्दै...
काठमाडौँ, ७ वैशाख । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीका अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उत्कृष्ट आधुनिक कथा, नाटक र निबन्धको सिर्जनाद्वारा...

















