फोटो फिचर

कृष्ण जन्म अष्टमीको शोभायात्रा

भाद्र कृष्ण जन्म अष्टमीको अवसरमा चितवनका १७ वटा धार्मिक र आध्यात्मिक संस्थाले शुक्रबार नारायणगढमा आयोजना गरेको शोभायात्रामा सहभागी । तस्वीर : नारायण अधिकारी ...

खेत होइन, लोकमार्ग

मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ–घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडेका सवारी साधन । मार्ग खुलेको २० वर्ष बित्दासमेत कालोपत्रे नभएपछि सडकको अवस्था । तस्वीर : रामबहादुर थापा/रासस ...

जिम्न्याष्टिक कला

ब्राजिलियन खेलाडी फ्लेभिया साराभा पेरुको लिमामा आयोजित महिला कलात्मक जिम्न्याष्टिक प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्दै । तस्विर : लुईस रोबायो/एएफपी ...

प्लाष्टिकको नमुना माछा पोखरी

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ स्थित भिमसेन बस्नेतले सञ्चालन गरेको एम्बिशन एग्रीकल्चर प्रा.लि.मा नमुनाको रुपमा प्रयोग गरिएको प्लाष्टिकको माछा पोखरी । तस्वीर : पेमा लामा ...

अलपत्र यात्रु

डोल्पाको विमानस्थल जुफालमा खराव मौसमका कारण हवाईजहाज नआउँदा अलपत्र यात्रु । तस्वीर : हेमन्त केसी/रासस ...

सलाम यी स्वास्थ्यकर्मीलाई

बाजुराको बुढीगंगा नगरपालिका–३ स्थित ब्रह्मतोला स्वास्थ्य चौकीका इन्चार्ज हरिलाल जैशी विरामीलाई घरमा नै गएर औषधि उपचार गर्दै । स्थानीय विरामी भई चौकीमा आउन नसकेमा उनले घरमानै गएर उपचार गर्ने गरेका छन् । तस्वीर : प्रेम रौले/रासस ...

ढाकाको कपडा बुन्न सिक्दै

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र बडिगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालिमका सहभागी । गाउँपालिकाले ढाका उद्योग सञ्चालन गर्नका लागि दश वटै वडाबाट एक/एक जना महिलालाई तालीममा सहभागी गराएको छ । तस्वीरः खेमराज...

८४ वर्षीया आमाको सन्देश

मकवानपुरको मनहरीकि ८४ वर्षीया वृद्धा भीमकुमारी मैनाली स्थानीय रोटरी मावि प्राङ्गणमा बिस्कुट, चाउचाउलगायत सामान बेच्नका लागि सामान राख्ने तयारी गर्दै । सकुञ्जेलसम्म काम गर्नुपर्छ भन्ने मान्यता राख्ने वृद्धा मैनालीले दैनिक व्यापारबाट दुई सयसम्म कमाईहुने र आफुलाई चाहिने खर्च अरुसँग...

समयमै पुल निर्माण नहुँदा यात्रुलाई सास्ती

दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत गुर्जेखोला माथिको पुल समयमै निर्माण सम्पन्न नहुँदा बाढीमा खोलाबाटै जोखिम मोलेर सवारी साधनमा यात्रा गर्दै यात्रु । तस्वीर : दीपक बोहरा/रासस ...

खेलकुदलाई संस्कृतिको साथ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १२ को हरिपौरामा शुरु भएको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उदघाटन कार्यक्रममा कलश एवम् घडासहित सहभागी महिला । तस्वीर : नारायणी रजौरे ...