सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड


  •    न्युजभित्तो/११ असार २०८३, बिहीबार १५:३७ 
  • तुलसीपुर(दाङ), ११ असार । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन् ।

    दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।

    तुलसीपुर उपमहानगरपालिकाले रु दुई अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ । यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी हो ।

    घोराही उपमहानगरपालिकाले रु दुई अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस गरेको छ ।

    यसैगरी लमही नगरपालिकाले रु ९८ करोड १३ लाख ३७ हजार ४५४, गढवा गाउँपालिकाले रु ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले रु ७५ करोड चार लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले रु ६२ करोड ८१ लाख ३३ हजार र राजपुर गाउँपालिकाले रु ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन् ।

    त्यस्तै, बबई गाउँपालिकाले रु ५६ करोड चार लाख ४३ हजार, शान्तिनगर गाउँपालिकाले रु ५२ करोड २५ लाख ४७ हजार र दंगीशरण गाउँपालिकाले रु ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन् ।

    पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिएको देखिन्छ । ।

    सम्बद्ध पालिकाहरुका अनुसारसङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.