सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड


  •    न्युजभित्तो/११ असार २०८३, बिहीबार १४:४६ 
  • काठमाडौँ, ११ असार । श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य गर्नेसम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई सुदृढ पार्नेलगायत सङ्कल्प गरेको छ ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०, श्रीलङ्का सरकार, दक्षिण एसियाका लागि युनिसेफ क्षेत्रीय कार्यालय, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय कार्यालयहरू र पूर्वी भू–मध्यसागरीय र बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवको विशेष प्रतिनिधिको कार्यालयले यही जुन २३–२४ २०२६ सम्म सम्मेलनको आयोजना गरेको थियो ।

    सम्मेलनमा दक्षिण एसियाभरका मन्त्री, वरिष्ठ सरकारी अधिकारी, बाल संरक्षण नेता, विकास साझेदार र क्षेत्रीय विज्ञहरू सहभागी थिए । सम्मेलनले बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्नु नैतिक अनिवार्यता र विकास आवश्यकता भएकामा जोड दिएको थियो ।

    श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरसुरियाले प्रत्येक बालबालिकालाई हिंसा, डर र शोषणबाट मुक्त भएर हुर्कने अधिकार छ । “हाम्रो साझा जिम्मेवारी भनेको समाज निर्माण गर्नु हो जहाँ प्रत्येक बालबालिका सुरक्षित, मूल्यवान र सम्मान र आशाका साथ फस्टाउने अवसर दिइन्छ’’, उहाँले भन्नुभयो ।

    सार्कका महासचिव राजदूत मोहम्मद गोलम सरवारले  क्षेत्रीय लडाइँ मौलिक रूपमा दिगो विकासको लागि विश्वव्यापी प्रतिज्ञामा आधारित भएकाले  बालबालिकालाई सुरक्षित तुल्याउनु आवश्यक भएको बताउनुभयो ।

    बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि डा नजत माल्ला मजिदले बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न बहुसरोकारवाला र सीमापार सहयोग आवश्यक भएको बताउनुभयो ।

    “बढ्दो विश्वव्यापी विभाजनको समयमा, बहुपक्षीयता साझेदारलाई जोड्ने, क्षेत्र र बाहिरका समाधानको नेतृत्व गर्ने, बाल संरक्षण र कल्याणमा दिगो लगानी सुनिश्चित गर्ने सबैभन्दा बलियो उपकरण मध्ये एक हो । दक्षिण एसियामा आजको सम्मेलनले सबै सेटिङहरूमा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने हाम्रो वाचा पूरा गर्नसँगै काम गर्न र छिटो काम गर्न जारी राख्ने एक महत्वपूर्ण क्षणको प्रतिनिधित्व गर्दछ’’, उहाँले भन्नुभयो ।

    नेपालको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, श्रीलङ्कास्थित नेपाली दूतावास र युनिसेफ नेपालका प्रतिनिधिमण्डल सहभागी थिए । 

    प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सचिव राधिका अर्यालले गर्नुभएको थियो । सचिव अर्यालले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वस्तरको प्रतिबद्धतालाई नेपाललले पालना गर्दै आएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.