फोटो फिचर

यसरी गरियो चीनका राष्ट्रपति सी चीनफिङको स्वागत (फोटो फिचर)
-न्युजभित्तो

दुईदिवसीय राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । दुईदिने राजकीय भ्रमणमा नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी...

सुनसान प्रायः काठमाडौँ
-न्युजभित्तो

तीनकुने माइतीघर सडकखण्ड अन्तर्गत सोमबार नयाँ बानेश्वरमा सुनसान सडक । यस वर्षको दशैँमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल कम भएको छ । तस्बिर : रोशन सापकोटा/रासस ...

जीर्णहुँदै सिमास्तम्भ

नेपाल भारत सिमाना दसगजा कृष्णनगर, कपिलवस्तुमा रहेको जीर्ण सिमास्तम्भ । मर्मत सम्भारको अभावमा सिमानामा रहेका सबै सिमास्तम्भ जीर्णहुँदै गएका छन् । तस्विर : सनि उल्लाधोबी ...

अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवाली

संयुक्त राष्ट्र सङघका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँकी धर्मपत्नी सरस्वती ज्ञवाली । तस्वीर सौजन्य : अमेरिकी राष्ट्रपतिको कार्यालय ...

राष्ट्रिय क्रिकेट टिमका खेलाडी

सिंगापुर क्रिकेट संघको आयोजनामा त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा सहभागी हुन जाने टोलीको बिदाइपछि सामूहिक तस्वीरमा नेपाली राष्ट्रिय क्रिकेट टिम । नेपाल, सिंगापुर र टेष्ट राष्ट्र जिम्बाब्वेबीच सिंगापुरमा खेल हुनेछ । तस्बिर : रोशन सापकोटा ...

विजुलीको पोलमा ठोकिएर क्षतिग्रस्त कार

भरतपुरको चौविसकोठीमा शनिबार (०७६ भदौ २१) राति विजुलीको पोलमा ठोकिएर क्षतिग्रस्त बा २१ च ७४२ नम्बरको कार । भरतपुरकै केन्द्रीय बसपार्कबाट नारायणगढ जाँदै गरेको उक्त कार अनियन्त्रित भई दुर्घटनामा परेपनि कारका चालक भने सकुशल रहेका प्रहरीले जनाएको छ ।...

पिताजीलाई स्वागतम्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार (२०७६ भदौ १८गते) भरतपुर विमानस्थलमा स्वागत गर्दै भरतपुर महानगरपालिकाका प्रमुख एवम् प्रचण्ड पुत्री रेनु दाहाल । तस्वीर : नारायण अधिकारी/रासस ...

परम्परागत पहिरनमा सजिएका युवती

थारु समुदायको अट्वारी पर्वको अवसरमा कञ्चनपुरको बेदकोट नगरपालिकामा आइतबार (०७६ भदौ १५ गते) आयोजित कार्यक्रममा परम्परागत पहिरनमा सजिएका थारु युवती । तस्बीरः शेरबहादुर सिंह ...

मदिरा नष्ट

भक्तपुरको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ३२० लिटर अवैध घरेलु मदिरा भदौ १५ गते आइतबार नष्ट गर्दै महानगरीय प्रहरी वृत्त जगाती । तस्बिर : सविना केसी ...

राष्ट्रपति कृष्ण मन्दिरमा

कृष्णजन्माष्टमीको अवसरमा ललितपुरको पाटन दरवारमा रहेको कृष्ण मन्दिरमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी प्रसाद ग्रहण गर्नुहुँदै । तस्वीर : प्रदीपराज वन्त/रासस ...