स्वास्थ्य / शिक्षा

‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै
-न्युजभित्तो

कर्णाली, १४ कात्तिक । विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय...

चितवनमा रगतको चरम अभाव: रक्तदान गर्न आह्वान
-न्युजभित्तो

चितवन, १३ कात्तिक । जिल्लामा रगतको अभाव देखिएपछि आकस्मिक रूपमा रक्तदान कार्यक्रम सुरु गरिएको छ । यहाँका अस्पतालहरूमा रगतको अभाव पूरा गर्न नसकिएकाले रक्तदाता र बिरामीका परिवारको भरमा पर्नुपर्ने बाध्यता छ । चाडपर्व र राजनीतिक शून्यताका कारण रगतको समस्या...

क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १२ कात्तिक । क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची–महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ ।  आउँदो सन् २०२६ जनवरी...

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि सातवटै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक प्रदेशमा विशेषज्ञसहितको...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, १२ कात्तिक । सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो ।...

बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण
-न्युजभित्तो

बैतडी, १२ कात्तिक । बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निसियन निरीक्षक जयसिंह बडालले बताउनुभयो ।  स्वास्थ्य कार्यालयमा प्राप्त तथ्याङ्कअनुसार मेलौली नगरपालिकाका आठ जना, दशरथचन्द...

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान: भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा
-न्युजभित्तो

बैतडी, ११ कात्तिक । सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण...

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण
-न्युजभित्तो

चितवन, ७ कात्तिक । जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ । सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पुर्‍याउँदै आएको...

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३ कात्तिक । हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ ।  स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज...