स्वास्थ्य / शिक्षा
पर्वत, २९ असोज । जाडो याम सुरु हुन थालेसँगै पछिल्ला केही दिनयता प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ । चाप बढ्दै गएपछि बिरामीलाई शय्या अभाव भएको छ । बिरामीलाई अस्पतालको आकस्मिक कक्षमै र कतिपय अवस्थामा भुइँमा राखेर...
कञ्चनपुर, २७ असोज । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूलीस्थित स्वास्थ्य चौकीमा चौविस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि घरमै सुत्केरी हुने महिला शून्य रहेको छ । सुरक्षित रुपमा सुत्केरी हुनका लागि महिला ‘बर्थिङ सेन्टर’ पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत...
वीरगञ्ज (पर्सा), २६ असोज । हैजा महामारीविरुद्ध प्रतिकार्य खोप अभियान आजदेखि पर्सामा सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले आज प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई औषधि खुवाएर सुरुआत गरिएको हो । बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान...
गोरखा, २६ असोज । पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई...
काठमाडौँ, २३ असोज । पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । सो जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षापछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरिने भएको हो । गत...
चितवन, २३ असोज । आँखाको दृष्टि जोगाउन निजयमित परीक्षण आवश्यक रहेको चिकित्सकले बताएका छन् । नियमित आँखाको परीक्षणले आँखामा हुने समस्या पहिचान गर्न सकिने भएकाले दृष्टि जोगाउन सहज हुने नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी डाक्टर कुमुदिनी सुवेदीले...
सिरहा, २३ असोज । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित सगरमाथा चौधरी आँखा अस्पताल, लहानद्वारा आज जिल्लामा कार्यरत सुरक्षा निकायका कर्मचारीहरूका लागि विशेष आँखा जाँच तथा चस्मा वितरण कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,...
तम्घास (गुल्मी), २३ असोज । नयाँ भवन निर्माणमा ढिलाइ हुँदा यहाँस्थित जिल्ला अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । विसं २०७७ मा सदरमुकाम तम्घासमा ५० शय्याको नयाँ भवन निर्माण सुरु गरिएको थियो । पुरानो भवनमा साँघुरो गल्ली र साना कोठा...
चितवन, २३ असोज । भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका...
चितवन, २२ असोज । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र...
















