सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण


  •    न्युजभित्तो/२९ कार्तिक २०८२, शुक्रबार १६:४४ 
  • काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले साझेदारसँगको सहकार्यमा १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ ।

    पशुकल्याणका लागि काम गर्ने सङ्घसंस्थासँगको सहकार्यमा यही कात्तिक १४ गतेदेखि सबै वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकुररबिरालोलाई रेविजविरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशुचिकित्सक डा पूजा खनालले जानकारी दिनुभयो । गत वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेविजविरुद्धको खोप दिइएको थियो ।

    त्यसैगरी आर्थिक वर्ष २०८०र०८१ मा पाँच हजार पाँच सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेविजविरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले २०७९र०८० देखि सामुदायिक कुकुर बिरालोलाई रेविजविरुद्ध खोप र बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    आगामी पुसअघिसम्म करिब चार हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाले जनाएको छ । थप बजेटको व्यवस्था हुनसके थप चार हजारको बन्ध्याकरण गर्ने योजना रहेको महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.