सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १३:३९ 
  • भक्तपुर, १७ वैशाख । जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएको सिपाडोल स्वास्थ्यचौकीले आजदेखि सुविधा सम्पन्न नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । 

    बागमती प्रदेश सरकारको रु ४३ लाख र सूर्यविनायक नगरपालिकाको रु १० लाख गरी कुल रु ५३ लाखमा निर्माण सम्पन्न भएको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोल स्वास्थ्यचौकीले नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको वडा नं ७ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “स्वास्थ्यको जीर्ण भवनमा सेवा दिइरहेका थियौँ, स्वास्थ्यमन्त्री किरण थापाले मन्त्रालयबाट राखिदिएको बजेट र नगरपालिकाबाट प्रमुख वासुदेव थापाले राखिदिएको बजेटले सुविधा सम्पन्न भवन निमाण गरी सेवा सञ्चालन गर्न सफल भएका छौँ, भवन र सेवा विस्तारले स्वास्थ्यचौकी होइन कि सानो अस्पतालकै स्वरुपमा भवन र सेवा अगाडि बढेको छ ।”

    स्वास्थ्यचौकी उद्घाटन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्यचौकीसम्मलाई विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्र्रा लागि नागरिककको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रविधिसँगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पु¥याउने कार्य विस्तार गरेका छौँ ।

    मन्त्री थापामगरले स्वास्थ्यचौकीलाई प्रविधिमैत्री र विशेषज्ञसहितको जनशक्ति थप गर्दै लगेका छौँ भन्दै सूर्यविनायक नगर अस्पताललाई पनि ट्रमा सेन्टरका रुपमा विकास गरिने बताउनुभयो । बागमती प्रदेशभरिका स्वास्थ्य संस्थाको भवन निर्माणदेखि स्तरोन्नति, गणस्तरीय विशेषज्ञ सेवा विस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आमजनताको विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गर्ने संस्थाका रुपमा विकास गरिरहेको उहाँको भनाइ छ । 

    कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रित बजेट विस्तार गर्दै आएको उल्लेख गर्दै सूर्यविनायक नगरपालिकाले अब विकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित बजेट विनियोजन गरिने नीति लिएको जानकारी दिनुभयो । नगरपालिकाले जनशक्तिदेखि प्रविधिसम्मको विस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उहाँको भनाइ छ । 

    नगरपालिकाका उपप्रमुख, सरिता तिमिल्सिना भट्टराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटोछरितो सेवा लिनसक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोगसम्बन्धी जाँच अब निःशुल्क गर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.