सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण


  •    न्युजभित्तो/१७ बैशाख २०८३, बिहीबार १५:२० 
  • कञ्चनपुर, १७ वैशाख । कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत सञ्चालन गरिएको निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविरबाट ७४८ जनाको क्षयरोग परीक्षण गरिएको छ ।

    लालझाडी आधारभूत अस्पताल नन्दगाउँ, आधारभूत स्वास्थ्य सेवा केन्द्र सिकलपट्टी, बाइसेबिचवा स्वास्थ्यचौकी र देखभुली स्वास्थ्यचौकीमा गरी चार ठाउमा सञ्चालन गरिएको शिविरबाट सेवाग्राहीले एक्स–रे सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दशरथ रानाका अनुसार शिविरमा सहभागीमध्ये तीन जनामा पिसिडी (पल्मोनरी टिबी) क्षयरोग पुष्टि भएको छ । 

    यस्तै, ११५ शङ्कास्पद बिरामीमध्ये २३ जनालाई थप परीक्षणका लागि ‘जिन एक्सपर्ट’का लागि अस्पतालमा प्रेषण गरिएको छ । यस्तो प्रविधिमैत्री शिविरले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अधिकृत रानाले बताउनुभयो । 

    एआइ आधारित एक्स–रे प्रणालीले छिटो र प्रभावकारी रूपमा प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले रोग पहिचानमा ढिलाइ नहुने र उपचार समयमै सुरु गर्न सकिने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै बिरामी समयमै परीक्षण तथा उपचारबाट वञ्चित हुने गरेका छन् । 

    देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाले भन्नुभयो, “यस्तो अवस्थामा शिविरमार्फत घर नजिकै परीक्षण सेवा उपलब्ध हुँदा नागरिकको पहुँच बढ्नुका साथै रोग नियन्त्रणमा सहयोग पुगेको छ ।” 

    शिविरले क्षयरोगको प्रारम्भिक पहिचान, सङ्क्रमण नियन्त्रण तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न मद्दत पुगेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो । समयमै रोग पहिचान हुँदा बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन सकिने र सङ्क्रमण फैलिनबाट रोक्न सकिने भएकाले यस्ता कार्यक्रमको महत्व अझ बढेको उहाँले उल्लेख गर्नुभयो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.