सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘खोज र खोप’ अभियान


  •    न्युजभित्तो/१४ बैशाख २०८३, सोमबार १४:४७ 
  • काठमाडौँ, १४ वैशाख । सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ  । 

    सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि  ‘खोज र खोप’ अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाले जनाएको छ । 

    खोज र खोप अभियानमा १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध नौ प्रकारका खोप दिइने छ । 

    सरकारले गत मङ्सिर र पुस महिनामा खोप लगाउन बाँकी रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको छ । नेपालमा अहिले पनि ९० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र १० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र एक प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । 

    सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई ती खोप लगाउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार खोपको प्रभावकारिताको कारणले नेपालमा सन् १९९६ देखि सन् २०२३ सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ११८ प्रतिहजार जीवित जन्मबाट २६।५ प्रतिहजार जीवित जन्ममा घटाउन सफल भएको छ ।

    केही जिल्लामा खोप छुट बच्चाको सङ्ख्या बढ्न गई दादुरा रुबेलाको महामारी देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.